एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

नेकपा एकीकृत समाजवादीको स्थाय कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो ।बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भङ्ग भएको बताउनु भयो ।

उहाँले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आउँदाे दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने/नजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ ।

यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा भूगोलका नेताहरुसँग छलफल गर्नुभएको थियो । स्थायी कमिटीको बैठक अहिले पार्टी कार्यालयमा बसिरहेकाे छ ।

 

Share your love