एअर इन्डियाको उडिरहेको विमानमा चालक दलका सदस्यसँग यात्रुको झगडा

भारतको राजधानी नयाँ दिल्लीबाट बेलायतको लन्डनका लागि उडेको एअर इन्डियाको विमानमा चालक दलका सदस्य र यात्रुबीच झगडा हुँदा विमान दिल्ली नै फर्किएको छ ।

समाचार एजेन्सी एएनआईले एअर इन्डियाका अधिकारीलाई उद्धृत गर्दै लन्डन उडेको केहीबेरमा विमान फर्काइएको बताएको छ । झगडाको कारण भने खुलेको छैन ।

विमानमा सवार यात्रुको अभद्र व्यवहारका कारण उडान भरेको केही समयपछि नै दिल्ली फर्काउनु परेको एअर इन्डियाका अधिकारीले बताएका छन् । झगडाका क्रममा चालक दलका दुई सदस्यलाई चोटसमेत लागेको बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।

घटनाबारे दिल्ली प्रहरीमा उजुरी परेको छ ।  यसअघि पनि एअर इन्डियामा यात्रुले गरेको दुर्व्यवहारबारे घटना सार्वजनिक भएको थियो ।

 

Share your love