उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहीबार बस्दैछ । बैठक बिहीबार बिहान ९ बजे पार्टी प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार चयनको विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सोमबार बसेको समितिको बैठक उम्मेदवार छनोटका लागि दुई वटा मापदण्ड बनाएको थियो ।

बैठकले तय गरेको मापदण्डमा वर्तमान लोकप्रियता र आगामी दिनको सम्भावना समेत हेर्ने तथा स्थानीय तहको गत चुनावमा उठेकालाई अहिले उम्मेदवार नबनाउनेलगायत छ ।

Share your love