उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् । राजदूत शर्माले आइतबार भारतको लखनउस्थित मुख्यमन्त्री योगीको सरकारी निवासमा भेटवार्ता गरेका हुन् ।

राजदूत शर्माले आफ्नो ट्युटवमा मुख्यमन्त्री योगीसँग भेटेकोमा खुशी लागेको उल्लेख गरेका छन् । उत्तर प्रदेशको विकासमा मुख्यमन्त्री योगीको भूमिका सह्रानीय रहेको उल्लेख गर्दै उनले नेपाली जनताप्रति पनि उनको सदभाव रहेको उल्लेख गरेका छन् ।

भेटका क्रममा  नेपाल–भारतको सम्भावित साझेदारी विकासका बारेमा पनि छलफल गरिएको शर्माले उल्लेख गरेका छन् ।

Share your love