उत्तर कोरियाद्वारा दक्षिण कोरियाको सीमामा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले पहिलो पटक दक्षिण कोरियातर्फको सामुद्रिक सीमामा क्षेप्यास्त्र प्रहार गरेको छ । कोरिया विभाजन भएयता पहिलो पटक दुई देशबीचको समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाले बिहान पूर्व र पश्चिममा गरी कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र दक्षिणको सोक्चो सहरबाट झन्डै ६० किलोमिटर पर खसेको थियो । त्यसले उलेउंगडो टापुमा हवाई आक्रमणको अलार्म बजेको थियो । सरकारले टापुका बासिन्दाहरूलाई भूमिगत आश्रयस्थलमा जान भनेको छ ।

जवाफमा दक्षिण कोरियाले उत्तर कोरियामाथि तीन वटा क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले उत्तर कोरियाको आक्रमणलाई क्षेत्रीय आक्रमण भन्दै सशक्त जवाफ दिने बताउनुभएको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई कोरियाली प्रायद्वीप आसपास संयुक्त सैन्य अभ्यासहरू नगर्न चेतावनी दिएको एक दिनपछि क्षेप्यास्त्र प्रहार गरेको हो ।

 

Share your love