इलेक्ट्रोनिक पसलमा आगलागी

दाङको घोराहीमा रहेको बन्जाडे इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं १५ को शहीदगेट रोडमा रहेको बञ्जाडे इलेक्ट्रोनिक पसलको गोदाम घरमा आगलागी भएकाे हाे । आगलागीबाट लाखाैँ मूल्य बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।

गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयको सहयोगमा करिब एक घण्टापछि निभाइएकाे थियाे ।

प्रहरीले क्षतिको पूर्ण विवरण सङ्कलनको काम गरिरहेको छ।

Share your love