इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो टी–२० खेल आज हुँदै

काठमाण्डौ -इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो टी–२० खेल आज हुँदैछ । खेल कराचीमा बेलुका सवा ८ बजे सुरु हुनेछ । गएराति भएको दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो ।

इङ्ग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा विना विकेटको क्षतिमा भेट्टाएको हो । पाकिस्तानका मोहम्मद रिजवान र बाबर अजामले अविजित २ सय ३ रनको साझेदारी गरे ।

टी–२० क्रिकेटमा कुनै पनि विकेट नगुमाइ पूरा भएको यो सर्वाधिक ठूलो लक्ष्य समेत हो । जितसँगै ७ खेलको टी–२० शृङ्खला एकरएकको बराबरी भएको छ । पहिलो खेलमा इङ्ग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो।

Share your love