आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको आराेपमा एमालेका तीन नेता पार्टीबाट निष्कासित

नेकपा एमालेले आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको आराेपमा तीन नेतालाई पार्टीबाट निष्कासित गरेकाे छ ।

प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई एमालेले पार्टीबाट निष्कासित गरेको हो ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले उनीहरुलाई गरेकाे एमालेकाे प्रदेश सचिवालयले जनाएकाे छ । उनीहरूलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको प्रदेश सचिव सचिव धर्मराज पाठकले बताउनुभयाे ।

उनीहरूले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध गतिविधि गरेको एमालेको भनाइ छ ।

Share your love