आदिवासी जनजातिको भोट उनीहरुकै लागि हानीकारक भयो : मन्त्री किराती

संस्कृतिक, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले आदिवासी जनजातिहरुको भोट उनीहरूकै निम्ति हानिकारक भएको  टिप्पणी गरेका छन् । सर्लाहीको हरिवनमा आयोजित आदिवासी जनजाति युवा महासंघको भेलालाई सम्बोधन गर्दै किरातीले यस्तो  टिप्पणी गरेका हुन ।

कोसी प्रदेश नामको विषयमा बोल्दै मन्त्री किरातीले पहिचानको नाममा भोट मागेर गैर पहिचान खुल्ने नामाकरण सांसदहरूले गरेको बताए । यसरी झुक्काएर पहिचान विरोधी नामाकरणका निम्ति हस्ताक्षर गर्ने प्रदेश सांसदहरुलाई कुलले समेत धिक्कार्ने मन्त्री किरातीले बताए । पहिचानवादी आन्दाचेलन अति जातिवादमा समेत जान सक्ने विषयमा समेत किरातीले सजक गराए ।

‘खस आर्यको योग्यता र आदिवासी जनजातिको ईमान्दारिता मिलायो भने मात्र देश बन्छ । देश बनाउँछु भन्ने नेताले जनताको मनोविज्ञानपनि बुझ्नु पर्छ’ किरातीले भने, ‘समाजवादको भाषण रैथाने आदिवासी जनजाति सँगै छ ।  हामीले यसैलाई विकास गरेर नेपाली विशेषताको  समाजवाद निर्माण गर्न सक्छौ । विदेशी फोटो कपीको जरुरी छैन यदि गरियो भने त्यो समाजवाद टिक्दैन ।’

Share your love