आजको राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्ला। बाध्यात्मक परिस्थितिले सताउन सक्छ। अरूका काममा आफ्नो अमूल्य समय नष्ट हुन सक्छ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला।

वृष-इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।

मिथुन-का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले काम बन्नेछ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा समयको सदुपयोग गर्न नसकिएला।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। कृषि, पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। सहयोगीका माध्यमबाट पनि काम बन्नेछ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम बने पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसरका लागि निकै संघर्ष गर्नुपर्ला। समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम रोकिनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्।

धनु-ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। बेलामा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। तापनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढे पनि धन प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउन सक्छ। साथीभाइको व्यवहारले हिम्मत जुट्नेछ।

मीन-दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। तापनि चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर र सफलताले पछ्याउनेछन्। टाढिएका शुभचिन्तकहरू नजिकिनाले प्रसन्नता मिल्नेछ। धार्मिक र सेवामूलक काममा सहभागी भइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगो काम सुरु हुनेछ।

Share your love