आईएमई पे र डेली ग्रोसरीबीच सम्झौता

आईएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच सम्झाैता भएकाे छ । अब ग्राहकहरूले हरेक दिन आईएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत अर्थात् एक पटकमा अधिकतम २०० रुपैयाँसम्म  छुट पाउने भएका छन् ।

यो अफर आईएमई पेको फिजिकल भिसा कार्डमार्फत् पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने सर्त रहेकाे छ ।

यस अफर अवधिभरी काठमाण्डौ उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आईएमई पेको भिसा कार्ड लिन सकिने कम्पनीले जनाएकाे छ ।

Share your love