अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ५ विकेटले विजयी

अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ । गएराति सकिएको खेलमा भारत ५ विकेटले विजयी भयो । जितसँगै भारतले तीन खेलको एकदिवसीय शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

१ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले ३९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा मार्कुस स्टोनिसले २ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ३५ ओभर ४ बलमा १ सय ८८ रन बनाउँदा अलआउट भएको थियो । उसका मिचेल मार्सले सर्वाधिक ८१ रन बनाए । बलिङतर्फ भारतका मोहम्मद शामी र मोहम्मद शिराजले ३/३ विकेट लिए ।

दुई देशबीचको दोस्रो एकदिवसीय खेल भोलि र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।

 

Share your love