असोजपछि पेट्रोलियम पदार्थको मूल्य घट्ने

बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य असोजपछि घट्ने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो क्रममा रहेको छ । युक्रेन युद्ध सुरु भएदेखि बढेको थियो । अब नेपालमा नयाँ मूल्यसूची आउँदा भाउ घट्नेमा आसावादी हुन सकिने धेरै सम्भावना देखिएको नेपाल आयल निगमका प्रवक्ताले बताएका छन्।

नियमित प्रक्रिया अन्तर्गत असोज १६ गते इन्डियन आयल कर्पोरेशन आईओसीले नेपाल आयल निगम (एनओसी)लाई नयाँ मूल्य सूची पठाउँदैछ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय बजारको पछिल्लो क्रम घट्दो छ र अबको मूल्य सूची घटेर आउने अवस्थामा छ ।

आयल निगमले आईओसीलाई ३० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको बताइएको छ । यसअघि पनि आईओसीबाट पेट्रोल र डिजेलका मूल्य केही घट्दै आए पनि आयल निगमले घटाउन सकेको छैन । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ८६ डलर प्रतिब्यारल रहेको छ।

Share your love