अर्थमन्त्री शर्माद्वारा जुम्लाकाे स्याउ बगैँचाकाे अवलोकन

अर्थमन्त्री जनार्दन शर्माले नेपालको सबैभन्दा ठूलो स्याउ बगैँचाको अनुगमन गर्नुभएको छ । जुम्ला गुठीचौर गाउँपालिका-५ मा रहेकाे किसान मीनबहादुर भण्डारीको ३३ हजार बिरुवा फुजी स्याउ भएको बगैँचाको अनुगमन गर्नुभएको हो ।

बगैँचाको अवलोकन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखनीय योगदान रहेको र यसमा पनि जुम्लामा स्याउले अर्थतन्त्र सुधार्न सहयोग गर्नेमा जोड दिनुभयो । उहाँले  प्रति किसानलाई एक वर्षमा पाँच सय स्याउका बिरुवा रोप्ने भए पनि सरकार तयार रहेकोमा जोड दिनुभयो ।

’किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार भएको र स्याउ उत्पादन तथा बजारीकरणको अवस्था अवलोकनमा आएको उहाँले बताउनुभयो।

अर्थमन्त्री शर्माले भन्नुभयाे ‘कर्णालीसँग सम्रग देशलाई नै पाल्न सक्ने सामर्थ्य भएकाले कर्णालीमा लगानी बढाउन जरुरी छ । अब स्याउ किसान थप जुर्मुराउनु पर्छ । किसान पेन्सन कार्यक्रमलाई दुर्गममा पुर्याउन, किसानलाई उपयुक्त प्रविधि मल बिउ समयमै पुर्याउन समेत सरकार गम्भीर छ।’

Share your love