अर्घाखाँचीमा पोखरीमा डुबेर २७ वटा बाँदर मरे

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क – ९ अर्घामा रहेको पोखरीमा २७ वटा बाँदर डुबेर मरेको भेटिएका छन् ।

अर्घामा रहेको सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेको स्थानीय बलराम रायमाझीले बताउनुभयो ।

पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेको र पछि ती बाँदर पोखरीमा पसेपछि डुबेर मरेका हुनसक्ने आशंका गरिएको छ ।

पोखरी जंगलको बीचमा रहेको कारणले उद्धार हुन नसकेको स्थानीयको भनाइ छ । जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी, स्थानीय बासिन्दाको रोहबरमा गाडिएको छ ।

Share your love