अमेरिकी सहायकमन्त्री ट्रुडो आज नेपाल आउँदै

अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल आउँदै हुनुहुन्छ । चीनको नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण लगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रुडोको नेपाल भ्रमण हुन लागेकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।अहिले विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना, भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रुडो नेपाल आउन लाग्नु भएका अमेरिकी विदेशी मन्त्रालयले निकालेको विज्ञप्ति उल्लेख छ ।

नेपालमा रहँदा उहाँले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । पछिल्लो समय अमेरिकी उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढेको छ।

Share your love