६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा तामाङ पक्राउ

नेपाल प्रहरीले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा विकाश वाइबा भनिने सुजन तामाङ पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले ललितपुर लेलेबाट तामाङलाई पक्राउ गरेको हो ।

नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पटाउँछु भनेर ६९ करोड ठगिगरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
उनले आफ्नै विकाश बाइवाको नामबाट ३७ करोड र  सुजन तामाङको नामबाट ३२ करोड ठगी गरेका थिए ।  तामाङलाई पक्राउ गरेको जानकारी पाएसँगै उपत्यका अपराध अनुसन्धान कार्यालयमा सय जनाभन्दा बढीको भीड लागेको छ ।
Share your love