पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ६ ट्रक रासायनिक मल कब्जा गरेका छन् । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको भुटनदेवीस्थित गोदामबाट मल नियन्त्रणमा लिएका हुन् ।
किसानले नियन्त्रणमा लिएको मल बालमन्दिर प्राङ्गणमा राखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले भुटनदेवीमा रहेको गोदामबाट बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले त्यो मल नियन्त्रणमा लिएका हुन् ।