५ सय ५० भन्दा धेरै बच्चा जन्माउन वीर्य दान गरेका व्यक्तिलाई अब वीर्य दान नगर्न आदेश

वीर्यदान मार्फत् पाँच सय ५० जनाभन्दा धेरै बच्चा जन्माउन योगदान गरेका एक जना डच पुरुषलाई नेदरल्याण्ड्सकाे अदालतले अब त्यसो नगर्न आदेश दिएको छ ।

जोनाथन नाम गरेका ४१ वर्षीय ती पुरुषलाई अब वीर्य दान नगर्न आदेश दिदै अदालतले पुनः वीर्य दान गरेमा एक लाख युरोभन्दा धेरै रकम जरिबाना हुने बताएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१७ मा एक सय भन्दा धेरै बच्चा जन्माउनका लागि बुवाको भूमिका निर्वाह गरेपछि नेदरल्याण्ड्सका प्रजनन् क्लिनिकहरूमा उनलाई वीर्य दान गर्न प्रतिबन्ध लगाइएको थियो । तर त्यसपछि अनलाइनमार्फत विदेशमा वीर्य दान गरेर पाँच सय ५० भन्दा धेरै बच्चा जन्माएको अदालतको ठहर छ ।

ती व्यक्तिले सन् २००७ देखि वीर्य दान शुरु गरेका थिए । अदालतले ती व्यक्तिको वीर्य संकलन गर्ने क्लिनिकहरुलाई  यस अघि संकलन गरेको वीर्य तत्काल नष्ट गर्न पनि आदेश दिदै अब संकलन नगर्न भनेको छ । नेदरल्याण्ड्सको कानुन अनुसार एकजना वीर्यदाताले १२ परिवारमा २५ जना भन्दा धेरै बच्चाका लागि बाबु बन्न मिल्दैन ।

एकै व्यक्तिको वीर्यबाट धेरै बच्चा जन्मदा दाजुभाइ र दिदीबहिनीको नाताको सञ्जाल ठूलो हुने र दाजुभाइ–दिदीबहिनीबीच अनजानमै विवाह भएर सन्तान जन्मिन सक्ने सम्भावना रोक्नको लागि वीर्यदाताहरूलाई आफ्नो सेवा कम संख्यामा सीमित नगर्न अदालतले भनेको छ ।