२४ घण्टामा ६ सय २३ जनामा कोरोना पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा ६ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ४५ जनाको नमुना परीक्षण गर्दा ६ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यही अवधिमा चार सय ८७ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २४ जना पुगेको छ । ।

यसैबीच २४ घण्टामा १० हजार नौ सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *