२४ घण्टामा २ सय ३ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै –पछिल्लो २४ घण्टामा दुई सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार ५९ जनाको नमुना परीक्षण गर्दा दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक सय २६ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

अहिले नेपालमा दुई हजार दुई सय ३२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । थप चार लाख २९ हजार आठ सय सात जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share your love