नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा भुटानसँग २–०, दोस्रो खेलमा कतारसँग ३–१ र तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोलले पराजित भएको थियो । समूह ‘बी’ मा रहेको नेपाल अङ्कविहीन छ । आजको खेलमा बङ्गलादेशलाई हराउन सकेमा तीन अङ्कसहित सुखद अन्त्य हुनेछ । बङ्गलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो ।
समूह विजेता टोलीले सन् २०२३ मा उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछ । सबै तीन खेलमा जित निकालेको कतार ९ अङ्कसहित शीर्षस्थानमा छ । बहराइनको ७ अङ्क छ । अब कतार र बहराइनमध्ये एउटा टोलीले एसियन कपमा स्थान बनाउनेछ ।