बारा प्रहरीले १ लाख ८९ हजार बराबरको अबैद्ध समान बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार ईलाका प्रहरी कार्यालय सिमराबाट खटेको प्रहरीको टोलीले जितपूर सिमरा उपमहानगरपालिका वडा नम्बर दुई सिमरा सुर्य नेपालस्थित वीरगंजबाट जनकपूरतर्फ जादै गरेको ना५ ख ६६३२ नम्बरको यात्रु बाहक बसमा लोड गरेको ७१ हजार बराजको ७१ थान कुर्ता सुरुवालको बिल भरपाई नरहेकोले नियन्त्रणमा लिएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्श बाराबाट खटेको प्रहरीको टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कोचर्वास्थित भन्सार छली ल्याउदै गरेको राजनिवास १ बोरा , तुलसी मसला ४ बोरा , टिन्कु सुपारी २ बोरा र कुर्था सुरुवाल ६० पिस गरी ४२ हजार बराबरको समान नियन्त्रणमा लिएको उहाले बताउनुभयो ।
प्रहरी चौकी पिपरपातीबाट खटेको प्रहरी गस्तीको टोलीले पचरौता ७ धर्मनगरस्थित वी.आर ०५ वी.वी ०१०२ नम्बरको मोटरसाईकलमा लोड भन्सार छलिका खाने तेल ४५ पोका र ४ कार्टुन बिस्कुट गरी १२ हजार बराबरको समान नियन्त्रणमा लिएको हो । यस्तै प्रहरी चौकी गंजभवानीपुरबाट खटेको प्रहरीको टोलीले महगढीमाई नगरपालिका वडा नम्बर ४ दहियारस्थित पनि फ्याक्ट्री नजिकैबाट बी.आर ०५ एम २९२६ नम्बरको मोटरसाईकलमा लोड चिनी ३ बोरा , चामल ५ बोरा र तेल ६ कार्टुन गरी ४४ हजार ८ सय बराबरको समान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।
उता प्रहरी चौकी पथलैयाले पनि जितपूर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकस्थित सर्लाहीबाट काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ७१०० नम्बरको यात्रु बाहक बसमा लोड १९ हजार ६ सय बारबारको बिल भरपाई नभएको ३ बोरा बिडी , र १०० किलो प्याजको नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवम डिएसपी दधिराम न्यौपानेले जनाउनुभयो ।