१३ लाख भन्दा बढीको सामग्री बरामद

श्रीनारायण महत्तो

वीरगंज –सशस्त्र प्रहरी बल नेपाल नम्बर १३  गण हेड़क्वाटर पर्साले यसै हप्ता मात्र १३ लाख ४२ हजार , ४ सय ४९ रुपैयाको बिभिन्न सामाग्री बरामद गरेको छ ।

पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक  सन्तोष कुमार बस्नेतका अनुसार वीरगंज महानगरपालिकाको र पर्साको जिल्लाको अन्य ठाउँ बाट भाद्र १२ गतेदेखि १७ गते सम्ममा सो मुल्यको बिभिन्न किसिमका सामग्री बरामद भएको हो ।

सशस्त्र प्रहरीले कपडा , मोबाईल पार्टस , किराना सामानहरु , सोतार्सईकल तथा काठ बरामद गरेको जनाएको छ । बरामद गरिएको सो मुल्य बराबरको सामाग्री सम्बन्धित निकायमा बुझाईएको सशस्त्र पहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिनुभयो  ।

Share your love