११ सदस्यीय प्रतिनिधिमण्डलसहित चार्टर्ड जहाजमा चीन उडे परराष्ट्रमन्त्री खड्का

काठमाडौँ-परराष्ट्रमन्त्री डा। नारायण खड्का चार्टड विमानमार्फत् चीन भ्रमणमा प्रस्थान गरेका छन्। उनी हिमालयन एयरलाइन्सको एयरबस ३१९ मा ११ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन उडेका हुन्। प्रतिनिधिमण्डलमा परराष्ट्रसचिव भरत पौड्याल, वाणिज्य सचिवसहित ११ जना छन्। टोलीमा ९ पुरुष र २ महिला रहेको पनि स्रोतले जानकारी दिएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा मन्त्री खड्का चीन गएका हुन्। दुई नेताबीच कुइन जओमा भेटघाट कार्यक्रम हुनेछ। अमेरिकी सदनकी अध्यक्ष न्यान्सी पेलोसीले गत साता ताइवान भ्रमण गरेपछि उत्पन्न द्वन्द्वको परिस्थितिमा चिनियाँ राजदूत होउ यान्छीले नेपालको एक चीन नीतिको दृढताको प्रशंसा गर्दै नेपाल र चीनको एक अर्काको सुरक्षा, सार्वभौमसत्ता र अखण्डताको पक्षमा उभिन आग्रह गरेकी छन्।

शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेपछि पहिलो उच्चस्तरीय भ्रमण भएको हो। यस भ्रमणमा बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० बारे कुनै संवाद अगाडि बढ्ने सम्भावना नरहेको स्रोतले बतायो।

चीनले खड्का नेतृत्वको भ्रमणलाई उच्च महत्त्व दिएको स्रोतले जानकारी दिएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले हालै बंगलादेश पुगी एक चीन नीतिको पक्षमा दरिलो समर्थन लिएर आएका छन् भने त्योभन्दा अगाडि श्रीलंकाले आफ्नो अडान सार्वजनिक गरिसकेको

Share your love