विभिन्न क्षेत्रका सफल र समाजलाई विशेष योगदान गरेका १०० जना महिलाको संघर्षको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ ।
‘हन्ड्रेड वुमेन स्टोरीज’ पुस्तकमा समावेश भएका १०० महिलामा नेपालभरका प्रहरी, सेना, व्यावसायिक प्रतिष्ठान, समाजसेवा, प्रशासन, निजी क्षेत्रमा सफल मानिएकाहरु छन् ।
रोटरी आरआई डिष्ट्रक्ट ३२९२ ले प्रकाशन गरेको पुस्तकमा उनीहरूले समाजमा दिएको योगदानबारे चर्चा पनि गरिएको छ । एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोलले पुस्तकमा समावेश भएका महिलालाई पुस्तक प्रदान गरी सम्मान गरेकी छिन् ।
पुस्तकको उद्देश्य धेरै पेशा र क्षेत्रहरूमा आफ्नो कार्यहरू मार्फत अरूलाई प्रेरित गर्ने महिलाहरूको प्रशंसा र पहिचान गर्नु रहेको प्रकाशक रोटरी आरआई डिष्ट्रक्ट ३२९२ ले जनाएको छ ।
रोटरी डिष्ट्रक्ट कमिटि सदस्य रोटरियन सुमिरा श्रेष्ठले नेपाली महिलाले आ–आफ्नो क्षेत्रबाट नेपाली समाजका लागि आर्थिक, भौतिक, सामाजिक, शैक्षिक, साहित्यलगायत समग्र पाटोबाट दिएको योगदानलाई पहिचान दिलाउन पुस्तक प्रकाशन गरेको बताइन् ।