हिन्दी, मराठी फ्लिमका दिग्गज अभिनेता विक्रम गाेखलेकाे निधन

हिन्दी र मराठी फ्लिमका दिग्गज अभिनेता विक्रम गोखलेकाे निधन भएकाे छ । ७७ वर्षीय गाेखलेकाे हिजाे शनिवार पुनेकाे दीनानाथ मंगेशकर अस्पतालमा निधन भएकाे बीबीसी हिन्दीले लेखेकाे छ ।

विक्रम गोखलेले मराठी फ्लिमकाे साथै ‘अग्निपथ’, ‘हम दिल दे चुके सनम’ र ‘भूल भूलैया’ जस्ता हिन्दी फ्लिममा पनि अभिनय गरेका छन् ।

सन् २०१० मा विक्रम खाेकलेलाई मराठी फ्लिममा उनकाे अभिनयलाई लिएर सर्वश्रेष्ठ अभिनेताकाे राष्ट्रिय पुरस्कार दिइएकाे थियाे ।

उनले टीभीमा ‘घर आजा परदेशी’, ‘अल्पविराम’, ‘जाना ना दिल से दूर’, ‘संजीवनी’, ‘इंद्रधनुष’ जस्ता चर्चित शाेमा काम गरेका थिए । उनकाे मराठी फ्लिम ‘गोदावरी’ अहिले सिनेमाघरमा चलिरहेकाे छ ।