हिँसा पिडित महिला तथा बालबालिकाको लागी उद्धार केन्द्रको स्थपना हुने –डा.मधु

पर्सा क्षेत्र नम्बर ३ ( ख ) बाट प्रदेश सभा सदस्यकी उम्मदवर रहनुभएको डा.मधु गुप्ताले हिँसा पिडित महिला तथा बालबालिकाको लागी उद्धार केन्द्रको स्थपना हुने बताउनुभएको छ ।

आज शुक्रबार सञ्चारकर्मी संग कुरा गर्दै डा.गुप्ताले गाउँ समाजमा महिला तथा बालबालिका धेरै पिडित रहेको तर उनीहरुले आफ्ना कुरा राख्न सक्ने वा उनीहरुलाई भरपर्दो सहयोग गर्ने कुनै संस्था ग्रामिण भेगमा नभएको हुदा त्यस्ता पिडितलाई राहत पुग्ने उद्देश्यले उद्धार केन्द्रको स्थपना हुने बताउनुभएको हो ।

अशिक्षाका कारण अहिले पनि जताततै महिला तथा बालबालिकाहरु हिँसाको सिकार भएको हुदा उनीहरुको उचित संरक्षण हेतु उद्धार केन्द्रको स्थापना हुने सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै डा.मधु गुप्ता कुर्मीले भन्नुभयो ।

जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) मा प्रदेश सभा सदस्यको लागी डा.मधुले उम्मेदवारी दिनुभएको छ ।