स्याङ्जा निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नुभएकाे छ । उहाँले नेकपा नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई १ हजार १ सय ३५ मतले पछि पार्नु भएको छ ।
कांग्रेसका गुरुङले ४ हजार ५९० मत पाउनु भएको छ भने एमालेकी अर्यालको ३ हजार ४५५ मत रहेको छ । यस्तै, स्याङ्जा-२ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार २१ मत पाउनु भएकाे छ ।
स्याङ्जा-२ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ गणना भइसकेको छ भने अहिले भीरकोटकै ९ नम्बर वडाको मत गणना भइरहेको छ ।