स्पेनिस ला लिगा – बेन्जिमा पेनाल्टीमा गोल गर्न चुकेपछि रियल मड्रिड बराबरीमा रोकियो

घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा रियलले अङ्क बाँड्नुपरेको हो । खेलको ४२ औँ मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५औँ मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई १–१ को बराबरीमा ल्याए ।

खेलको ७८औँ मिनेटमा गार्सियाले रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो । त्यसलगत्तै करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्न चुकेपछि रियल जित निकाल्न असफल रह्यो । यो बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । रियल ७ खेलमा १९ अङ्क जोडेर दोस्रो स्थानमा छ ।

शीर्ष स्थानको बार्सिलोनाको १९ अङ्क छ । ओसासुना १३ अङ्क जोडेर छैटौँ स्थानमा छ ।

Share your love