स्थानीय तहले सहयोग नगर्दा भूमिहीनको समस्या समाधानमा कठिनाई भएको आध्यक्ष अहमदको गुनासो

वीरगंज – राष्ट्रिय भुमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले स्थानीय तहका जनप्रतिनिधिले सहयोग नगर्दा भूमिहीनको समस्या समाधानमा समस्या भएको गुनासो गर्नुभएको छ ।

आज बिहिबार बिहान रेडियो सान्भी संग कुरा गर्दै अध्यक्ष अहमदले पर्साको पर्सागढी नगरपालिका र  ठोरी तथा सखुवा प्रसौनी गाउँपालिका बाहेक अन्य ११ वटा स्थानीय तहले सहयोग नगर्दा भूमिहीन सुकुम्बासीको समस्या समाधानमा समस्या उतपन्न भएको गुनासो गर्नुभएको हो ।

स्थानीय तहले भूमिहीन सुकुम्बासीको पहिचान गर्ने र मालपोत तथा नापी कार्यालयले नाप नक्सा गरी लालपूर्जा बनाउनु पर्नेमा दुई वटै निकायको असहयोगको कारण काम गर्न समस्या भएको अध्यक्ष अहमदको भनाई छ ।

उहाले पर्साका सञ्चारमाध्यले समेत भुमिहिनको सवालमा स्थानीय तहका जनप्रतिनिधिहरु संग प्रश्न गर्नुपर्ने बताउनुभयो । सञ्चारमाध्यमले आफ्नो तर्फबाट बिभिन्न कालखण्डमा खेलेको भूमिकाले धेरै परिवर्तन भएको बताउदै अध्यक्ष अहमदले यस्ता कुरामा समेत मिडियाले बहस गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

भूमिहीन सुकुम्बासीको समस्या समाधानको लागी आफु सम्भव भएसम्म प्रयास गर्ने र यो समस्या समाधान गरेरै छोड्ने बताउनुभयो ।