स्कार्पियोले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

बारा –बाराको छातापिपरामा आज स्कार्पियोले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकल यात्री भारत घर भई हाल वीरगञ्ज महानगरपालिका ३२ बस्ने परसवा बस्ने वर्ष ४२ का कहनाई साह तेली रहेका छन् ।

वीरगञ्जबाट जीतपुरतर्फ आउँदै गरेको प्र २ —०३—००१ च ६२१० नं.को स्कार्पियोले पथलैया वीरगञ्ज सडकखण्डको महागढीमाई पेट्रोल पम्पनजिक ठक्कर दिएको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक अजय रामले जानकारी दिनुभयो ।

स्कार्पियोको ठक्करबाट साइकल यात्री तेलीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।

Share your love

Leave a Reply

Your email address will not be published.