प्रतियोगितामा सफल खतिवडा, सदाम हुसेन र अरबिन्द पटेलले आक्रमक ब्याटिङ्ग गरेका थिए । महासंघका कप्तान भुषण यादवले चौका प्रहार गर्दैैै खेल जिताएका थिए । यादवको कप्तानीमा खेलिएको प्रतियोगितामा आरोहण साह,राम मेहता,बिनय कुशवाहा, कृष्णा कुशवाहा,आनन्द पटेल,तिवारी यादवले उत्कृष्ट प्रर्दशन गरेका थिए । बैंकर एशोसियनलाई पराजित गर्दै सुखद सुरुवात गरेको महासंघले सेमिफाईनलमा वीरगंज उद्योग वाणिज्य संघलाई पराजित गरि फाईनमा प्रवेश गरेको थियो ।
प्रतियोगिता अन्र्तगत खेलिएको तिन वटै खेलको म्यान अफदि म्याच महासंघका सदाम हसुेन र म्यान अफ दिन सिरिजको उपाधि पनि सदामले पाएका थिए । बलिङ्ग तर्फ महासंघका सदाम हुसेनले ह्याट्रीक लिदै प्रतियोगितामा कुल ६ बिकेट लिदै ३२ रन बनाएका थिए । त्यसैतै प्रतियोगितामा सफल खतिवडाले २ तथा अरबिन्द पटेल र बिनय कुशवाहाले एक एक बिकेट हात पारेका थिए ।
प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,सहसचिव जितेन्द्र साह, कोषाध्यक्ष संजिव मिश्रा, बरिष्ठ पत्रकार बिजय कुशवाहा, तुलसी भण्डारी ,प्रेस चौतारी पर्साको कोषाध्यक्ष राकेश साह लगायतको उपस्थिती थियो । एनवाईईफ र वीरगंज बैंकर्सको आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो ।