सुशासनको प्रत्याभूति मेरो मुख्य एजेण्डा – डा. मधु

पर्सा क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवार डा. मधु गुप्ता कुर्मीले विकास निर्माणका काममा कमिशनखोरी अन्त्य गर्ने बताउनुभएको छ । विकासका कमिशन र भ्रष्टाचार मुख्य समस्या भएको भन्दै डा. मधुले सुशासनको प्रत्याभूति नै आफ्नो मुख्य एजेण्डा भएको बताउनुभयो ।

अहिले हरेक सेवा प्रवाहमा सुशासनको अभाव मुख्य समस्या बनेको छ । यसको बहालीका लागि म काम गर्छु, उहाँले आफ्नो क्षेत्रका मतदातासिन भन्नुभयो, सुशासनविनको शासनको अब औचित्य छैन ।

आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा मौलाएको भ्रष्टाचार नै पर्सा जिल्लाको अविकास र पछौटेपनको कारण भएको बताउँदै यही समस्याको निकासका लागि आफू राजनीतिमा होमिएको उहाँको भनाइ थियो ।

यही मंसिर ४ गते हुने चुनावमा छाता छापमा मतदान गरी आफूलाई जिताएर सुशासन प्रत्याभूतिको उद्देश्यमा सहकार्य गर्न उहाँले मतदातालाई आग्रहसमेत गर्नुभयो ।

Share your love