सुनचाँदीको भाउ बढ्याे

आज सुनकाे भाउ बढेकाे छ । सुन तोलामा आठ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख १९ हजार रुपैयाँ भएको छ । त्यस्तै  चाँदीको भाउ  पनि १५ रुपैयाँले बढेको छ ।  हिजो एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने एक हजार तीन सय ९० रुपैयाँ पुगेको छ ।