सुनको सिक्री लुटेको आरोपमा एक युवक पक्राउ

प्रहरीले सुनको सिक्री लुटेको आरोपमा एक युवकलाई टोखाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका(११ घर भई हाल काठमाडौ महानगरपालिका(१६ बस्‍ने २६ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेका छन् ।

गत सोमबार दिउँसो सवा २ बजे टोखा नगरपालिका ८ भुवनेश्वरी मन्दिर नजिक पैदल हिडिरहेकी ६१ वर्षीया महिलाको गलामा लगाएको सुनको सिक्री तानेर भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सेन्चुरीलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले सुनको सिक्री १ थान, दुई टुक्रा भएको सुनको सिक्री १ बरामद गरेको छ ।

Share your love