सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढ्याे

काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेर तोलामा १ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Share your love