पर्सा -वीरगंज महानगरपालिका वडा नम्बर १८ सुखचैनामा यहि बैशाख १८ गते हुन् गईरहेको बिष्णु महायज्ञमा समाबेश गराउनु पर्ने दलित समुदायले माग गरेका छन । आईतबार पत्रकार महासंघ पर्साको सभाहलमा दलित समुदायले पत्रकार सम्मेलन गरेर बिष्णु महायज्ञमा सहभागी गराउनु पर्ने माग गरेका हुन् ।
दलित समुदायलाई महायज्ञको मुख्य पूजामा पस्न नदिने र पस्यो भने कुटपिट गर्ने , लूटपाट गर्ने र ज्यान समेत मार्दिने धम्कि समेत दिन थालेको उनीहरुको आरोप छ ।
महायज्ञ व्यवस्थापन गर्नका लागी गाउँ भरिका व्यक्तिहरु भेला भई पूर्वजहरुले गर्दै आएको रिति अनुसार दलित समुदायहरुलाई मुख्य पूजामा समाबेश नागाराउने निर्णय गरेको दलित अगुवा रामअश्रे रामले बताउनुभयो ।
उहाका अनुसार पूजा व्यवस्थापन समितिमा दलित समुदायलाई बहिस्कार गर्दै मात्र गैर दलितहरु मिलि ६१ जनाले समिति गठन गरेका छन ।
मात्र गैर दलितले समिति गठन भएको हुदा त्यसबारे आफुहरुले वडा अध्यक्ष उमाशंकर तिवारी , गाउँका भद्रभलाद्मी , बुद्धिजीवी , राजनीतिज्ञय लगायतलाई भन्दा वस्ता नगरेको रामले गुनासो गर्नुभयो ।
वडाध्यक्ष तिवारीलाई लिखित रुपमै पत्र बुझाउदा समेत दलित समुदायको विपक्षकमा निर्णय गर्नुभएको दलित मानदेव हजराको आरोप छ ।
गत चैत्र २६ गते जिल्ला प्रसाशन कार्यालय पर्सा , जिल्ला प्रहरी कार्यालय पर्सामा पनि निब्व्दन दिदा कुनै सुनवाई नभएको दलित लिकेश बैठाले गुनासो गर्नुभयो । चैत्र२७ गते दलित समुदायले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक दिपक गिरीलाई भेटेर आफ्ना कुरा राख्दा उहाले निराशाजनक प्रतिक्रिया भएको दलित अगुवा रामअश्रे रामले बताउनुभयो ।
प्रहरी उपरीक्षक गिरीले तपाइँहरु जानुस मारपिट भएपछी म प्रहरी परिचालन गर्ने भनेर दिएको प्रतिक्रियाले आफुहरु निराशा भएको हुदा सञ्चारमाध्यमको सहारा लिन खोजेको मानदेव हजराले बताउनुभयो ।
चैत्र २८ गते पूजा समितिले सुन्योजित तरिकाले षड्यन्त्र गरेर दलित अगुवाहरु प्रहलाद रामा र जिउट रामलाई फसाएर दलित संघर्ष समितिलाई अकजोर बनाउन खोजेको दलित लवकुश बैठाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आफ्ना माग बारे कुरा गर्नको लागी गत चैत्र २८ गते आउने तरखरमा रहेको बेला नै आफ्ना दुईजना व्यक्तिलाई षड्यन्त्र पूर्वक वूजा समितिका मन्द्रिका महत्तो र छोटेलाल राउत कुर्मीले भेट्नको लागी बोलाई बलजफ्ती डर त्रास देखाई हामि मुख्य पूजामा बस्दिन भनेर मईनेट कागजमा हस्ताक्षर गराएको उनीहरुले बताएका हुन् ।
जातीय छुवाछुतको भेदभाव संविधान विपरित रहेको र समाजबाट पाएको तिरस्कार तथा प्रहरी प्रशासनबाट आपेक्षाकृत सहयोग नभएपछी आफ्ना न्यायका लागी सञ्चारमाध्यमको सहारा लिनुपरेको उनीहरुले बताएका छ ।