हङकङबाट ल्याएको ६० किलो ७ सय १७ ग्राम सुनबारे अनुसन्धान पुरा गरेर केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।
रेडीट्रेड प्रा.लीले ६० किलोभन्दा बाहेक ३०२ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको अनुसन्धानबाट देखिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । तस्करीमा संलग्नहरुले पछिल्लो पटक करिब ३६२ किलो सुन तस्करी गरेको ब्युरोको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सीआईबीले ३ अर्ब ५० करोड २ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।