सिराहामा प्रहरीले ३ राउन्ड गोली चलायो

सिराहाकाे एक मतदान स्थलमा प्रहरीले ३ राउन्ड गोली चलाएकाे छ । दुई पार्टीका कार्यकर्ताबीच मतदान स्थलमा मत पेटिका खोसाखोसकाे अवस्था सिर्जना भएपछि प्रहरीले ३ राउन्ड गोली चलाएकाे हाे ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुँदा स्थिति तनावग्रस्त बनेकाे थियाे। जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताउनुभयाे।

उहाँका अनुसार मतपेटिका खोसाखोस भएपछि केहीबेरकाे तनाव पश्चात स्थगित मतदान पुन: सुरु भएको छ ।