प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिनुभएको छ । कार्यदलमा नेताहरूले छलफल गरेर टुंगोमा पुग्ने क्रममा प्रधानमन्त्री देउवाले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूसँग छलफल गर्नुभएको हो ।
०७४ को हकमा भने समानुपातिक तर्फको परिणामलाई मात्रै आधार मान्न सकिने नेताहरूको भनाइ छ । छलफलका क्रममा मधेसको अफ्ठ्यारा विषयमा समेत कुराकानी भएको छ ।
नेताहरूले मधेस कांग्रेसको उर्वर भूमि रहेको भन्दै मधेसमा सिट बाँडफाँट गर्दा ध्यान पुर्याउनु पर्ने सुझाव दिएका छन् ।गठबन्धनमा पाँच दलबीच आगामी मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँटमा कुरा मिलेको छैन ।