सामाजिक सञ्जालको प्रयोगबाट धार्मिक सद्भावमा आघात पुर्याउने र धार्मिक द्वन्द गराउन खोज्नेलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।
हिन्दु समाज वीरगंजले बुधबार पर्साका प्रमुख जिल्ला अधिकारि दिनेश सागर भुषालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै सामाजिक सञ्जाल फेसबुक , टिकटक लागायत अन्यको प्रयोगबाट धार्मिक द्वन्द गराउन खोज्नेलाई पहिचान गरी कारवाही गर्न माग गरेको छ ।
सदियौंदेखि मिलिजुली बस्दै आएको हिन्दु÷मुस्लिम समुदायबीच केहि तत्वले धार्मिक द्वन्द गराउनको लागी सामाजिक सञ्जालको प्रयोगबाट अनरगल प्रचार गरिरहेकोले त्यस्तालाई कारवाही गर्नको लागी प्रजिअको मार्फत गृहमन्त्रीसंग माग गरिएको हो ।