
साना चार कम्युनिष्ट पार्टीबीच एकताबारे छलफल
साना चार कम्युनिष्ट पार्टीहरुले एकता गर्ने विषयमा छलफल गरेका छन् । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले शुक्रबार भेटेर छलफल गरेका हुन् ।