साइकलबाट लडेर वृद्धको मृत्यु

सप्तरीमा साइकलबाट लडेर ६९ वर्षीय वृद्धको मृत्यु भएको छ।

मंगलबार राति करिब साढे ८ बजेको समयमा छिन्नमस्ता गाउँपालिका- १ नहर चौक भन्दा ३ सय मिटर दक्षिणमा पर्ने स्थानमा साइकलबाट लडेर छिन्नमस्ता ५ लोखरम बस्ने पदमलाल दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार दासलाई लडिरहेको अवस्थामा स्थानीयले देखेपछि सशस्त्र बेश क्याम्पमा जानकारी गराएका थिए। उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारका लागि विराटनगर रेफर गरेपछि अस्पतालमा पुग्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।