उहाँले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउनुभयो । सांसद कार्कीले नेपाल सरकारको संघीय मन्त्रिपरिषद्को प्रश्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैंसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ भन्दै प्रश्न गर्नुभयो ।
उहाँले टुँडीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिनु ठूला ठेकेदारको मिलोमतो र दबाव के हो भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।
उहाँले राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभइ आम जनतामाथिको अपराध भएको उल्लेख गर्नुभयो । उहाँले भौतिक पूर्वाधार मन्त्रीले सार्वजनिक निर्माणको काममा हुने ढिलासुस्ती र बेतिथि अविलम्व समाधान गर्न माग गर्नुभयो ।