तर, पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा सर्लाही २ मा गठबन्धनको उम्मेदवार यादव भनेर विज्ञप्ति आयो । सत्तागठबन्धनले सो निर्णयसहितको विज्ञप्ति निकालेपछि लोसपाले पार्टीगत रूपमै प्रतिवाद गरेको थियो । गठबन्धनको संयुक्त विज्ञप्तिप्रति कांग्रेसमै पनि असन्तुष्टि थियो । किनकि मित्रवत् प्रतिस्पर्धा भनेको क्षेत्रमा कसैको पनि पक्षधर लिनु उचित हुन्नथ्यो । त्यही भएर कांग्रेसमा दुई धार देखिएको थियो ।
तर, अहिले कांग्रेस खुलेरै लोसपा उम्मेदवार राजेन्द्र महतोलाई जिताउन लागिपरेको छ । सो निर्वाचन क्षेत्रमा कांग्रेस नेता जंगीलाल राय प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । राय महतोको पक्षमा खुलेर लागेपछि सर्लाही २ को माहोल नै फेरिएको छ । शुक्रबार बिहान लोसपा र कांग्रेसको अगुवाइमा हरपुर्वा नगरपालिकाको बसतपुरमा राजेन्द्र महतो र जंगीलाल राय संयुक्त रूपमा घरदैलो कार्यक्रममा निस्केका थिए । –न्युज कारखाना