सर्लाहीको वाग्मती नगरपालिका मिलनचोकमा सहकारीमा कार्यरत लेखापाल साजन कार्कीमाथि गोली प्रहार भएको छ ।
सगुन सहकारी वाग्मती सेवा केन्द्रका लेखापाल ३० वर्षका कार्की गोली प्रहारबाट घाइते हुनुभएको छ । उहाँलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मोटरसाइकलमा आएका तीन जना भारतीयको समूहले गोली हानेको हुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।