सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटेको छ । कफ्र्यु हटाएर ७२ घण्टे निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क)(१)(३० बमोजिम जारी गरिएको कफ्र्यु हटाइएको छ । तर सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै आज बिहानबाट कफ्र्यु हटाए पनि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क)(२)(१) र दफा ६(ख) को (१) (ग) बमोजिम आज ८ बजेदेखि २७ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
उनले मानव अधिकारको समान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेका छन् । सार्वजनिक स्थानहरूमा हो हल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकपालपहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न नगराउन आह्वान गर्दै सामाजिक सद्भाव समेत कायम राख्न आग्रह गरेका हुन् ।
विवादको क्रममा दुई समुदायबीच झडप र ढुंगामुढा प्रहार भएको थियो । लगत्तै प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउन्ड हवाई फायर गर्दै भीड तितरबितर पारेको थियो । बजारको अवस्था तनावमय बन्दा जारी भएको कर्फ्यु हटेपछि मानिसहरूको चहलपहल बढ्न थालेको छ । साथै मलंगवाबाट चल्ने साना तथा लामो दुरीका यातायातका साधन चल्न थालेको छ ।