सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा निर्वाचन सुरक्षा वेस खडा भएको छ । ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी चारवटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीले शसस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा जनशक्ति परिचालन गरिएको हो ।
जिल्लाको क्षेत्र नं. १ को सागरनाथ, क्षेत्र नं. २ को मलंगवा, क्षेत्र नं. ३ को हरिवन र क्षेत्र नं. ४ को गोडैतामा निर्वाचन सुरक्षा बेश राखिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा. गण सर्लाहीका सशस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।
उनका अनुसार चुनावलाई लक्षित गरी नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानले पनि सुरक्षा योजना बनाइरहेका छन् । सर्लाहीका ४ वटै प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र रहेका भए पनि सर्लाही ४ लाई विशेष संवेदनशील क्षेत्रको रुपमा हेरिएको छ ।