सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ दिएन सांसद देव

काठमाण्डौ – सत्तारूढ नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ नदिएको गुनासो गर्नुभएको छ ।

आव बुधवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका सांसद देवले निष्पक्ष ढङ्गले पालिका चुनाव सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान हुनु, प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणा हुनु, नागरिकतासम्बन्धी ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भए पनि एमालेले साथ नदिएको बताउनुभएको हो । उहाँले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न पनि पटक–पटक आग्रह गर्नुभयो ।

लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले तीनरचार वटा युगान्तकारी काम गरेको छ ।

शान्तिपूर्ण तरिकाले, स्वतन्त्र ढङ्गले पालिका चुनाव सम्पन्न भएको छ । अब मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुन गइराखेको छ । यही सदनले महिला हिंसाविरुद्धको ऐन संशोधन गरेको छ । यही सदनले नागरिकतासम्बन्धी ऐनलाई संशोधन गरेको छ । यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरूले के भन्नुहुन्छ रु यो पनि ठिक गरेन रु यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौँ रु संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका रचनात्मक हुन्छ । तर अत्यन्त नकारवादको सिकार प्रमुख प्रतिपक्ष भइराखेको छ ।’

सांसद देवले मुख्य राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बेलामा अझै पनि एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोपसमेत लगाउनुभयो ।

Share your love